News & Gossip »News & Gossip




रेखा थापाको हट कुरा

रेखा थापालाई अहिलेसम्मकै सबैभन्दा हट नायिकाका रुपमा चिनिन्छ । उनले नेपाली चलचित्रमा उदारतापूर्वक गर्ने गरेको अङ्ग प्रदर्शनलाई आधार मानेर यस्तो भनिएको हो । तर उनी पर्दामा देखिएझैँ खुला मनकी चाहिँ छैनन् । उनी सेक्सलाई संयमित रुपमा प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्छिन् । यस्तो धारणा हालै एउटा पत्रिका छायाँछविमा प्रकाशित भएको छ । उक्त पत्रिकामा छापिएका केही महत्वपूर्ण अंशहरु जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।

सेक्स के हो ?
धेरैले भनेजस्तो यो 'बायोलजिकल नीड' होइन । यसको अर्थ म 'कोल्ड' छु भन्न खोजेको पनि होइन । सेक्स नभए पनि बाँच्न सकिन्छ भन्ने मलाई लाग्छ । मैले धेरैजनालाई देखेको छु, जो सेक्स नै ठूलो कुरा हो भन्छन् र यसका लागि मरिहत्ते गर्छन् । तर म त्यो पक्षमा छुइनँ ।

सेक्सलाई कस्तो र कुन अवस्थामा परिपूर्ति गर्नुपर्छ जस्तो लाग्छ ?
सेक्सलाई प्रत्येक दिन 'युज' गरिरहने मेरा साथी सर्कल छन् । तर मेरो विचारमा सेक्स महिनामा एक पटक वा त्यस्तो हुन सकेन भने हप्तामा एक पटक गर्दा चाहिँ हुन्छ ।

सेक्सले मान्छेलाई इनर्जेटिक बनाइराख्छ भन्छन् नि ?
मलाई त सेक्सले झन् बढी अल्छी बनाउँछ जस्तो लाग्छ । त्यसैले अल्छी लागेको बेलामा सेक्स गर्नुभन्दा मूड फ्रेस भएको बेला सेक्स गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

वेश्यावृत्तिलाई मान्यता दिनु पर्छ कि पर्दैन ?
मेरो निजी धारणामा चाहिँ दिनु पर्छ किनभने वेश्यावृत्ति अहिले पनि भइरहेको छ तर अव्यवस्थित छ । व्यवस्थित तरिकाले गर्दा सेफ हुन्छ र सरकारलाई कर पनि आउँछ । अर्को कुरा यसको व्यवस्थापन भयो भने देशमा बलात्कारका घटनामा कमी आउँथ्यो कि जस्तो लाग्छ । यस हिसाबले यौन पेशामा लाग्ने महिलाहरु समाजसेवी हुन् भन्न मन लाग्छ ।

आफूले चाहेको बेलामा सेक्स गर्ने अवस्था बनेन भने त्यसको वैकल्पिक उपाय के अपनाउनु हुन्छ ?
हा...हा...हा... । खै मलाई त्यसबारेमा थाहा भएन । मलाई त्यस्तो महसूस भएको छैन । त्यस्तो महसूस भयो र मैले वैकल्पिक उपाय अपनाएँ भने मैले यस्तो गरेको थिएँ भनुँला नि, है !

नेपाली दर्शक र सिने क्षेत्रमा तपाइँलाई हट नायिकाको रुपमा चिनिन्छ । अहिले अन्तरवार्तामा चाहिँ कोल्ड नायिका भनिरहनु भएको छ, कसरी पत्याउनु ?
म बाहिरी रुपमा अत्यन्तै सेक्सी देखिन्छु भनेर भन्छन् । पर्दामा जे देखिन्छ, त्यो वास्तविकता नहुन पनि सक्छ । पर्दामा त म कुनै चरित्रको प्रतिनिधित्व मात्र गरिरहेको हुन्छु । त्यसैले वास्तविक जीवन र पर्दाको जीवनमा त फरक भइहाल्छ नि !

तपाइँलाई सबैभन्दा सेक्सी लाग्ने आफ्ना अंग के हुन् ?
मेरा सेक्सी अंग भनेका आँखा र ओठ नै हुन् । म आफैँलाई मन पर्छन् ।

नेपाली कलाकारमा सबैभन्दा सेक्सी को लाग्छन् ?
दुर्भाग्य, मेरो नजरमा कोही नायक पनि सेक्सी छैनन् ।

संसारभरकै नायक नायिकामा चाहिँ ?
हडिउडका ब्राड पिट र जेनिफर लोपेज चाहिँ सेक्सी लाग्छन् ।

नेपाली चलचित्र उद्योगमा एक नम्बरी एक्सपोजर निर्देशक को हुन् ?
वसन्त श्रेष्ठ । उहाँले एक्सपोज गर्ने पार्ट नै हिप हो ।

आजसम्म हाम्रो उद्योगमा सेक्सलाई केन्द्रबिन्दु बनाएर कुनै फिल्म बनेका छैनन्, किन होला ?
म पनि यस छक्क छु, किन नबनेका होलान् ! आँट नभएर नै हो कि !

कुन हदसम्म एक्पोज गरिएका फिल्म खेल्ने विचार छ ?
म बेड सिन दिने पक्षमा छैन र माउथ किस पनि दिन्न । किनकि नेपाली समाज उति उदार भइसकेको छैन । तर फेसियल एक्सप्रेसन र अन्य सटहरुको सवालमा म धेरै चिज दिनसक्छु जस्तो लाग्छ ।

तपाइँको फ्यानले छेउमै आएर अकस्मात सेक्सको प्रस्ताव राख्यो भने तपाइँको प्रतिक्रिया के हुन्छ ?
मेरा फ्यानको सवालमा एक जनाले मेरो गालामा म्वाई खाएको र अर्कोले ओठैमा चुम्बन गरेको अनुभव पाएँ । तर अहिलेसम्म सेक्स प्रस्ताव चाहिँ कसैले राखेको छैन । यदि कसैले त्यस्तो प्रस्ताव राख्यो भने के प्रतिक्रिया हुन्छ, अहिले नै त मलाई थाहा छैन । किनभने त्यसबेलाको सिचुएशन के हुन्छ, कसलाई के थाहा ?


Blogspot Templates by Isnaini Dot Com and Hot Car Pictures. Powered by Blogger